वैद्यले गरे १० वर्षे द्वन्द्वको स्मरण (फोटो फिचर समेत)

काठमाडौ/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले विगत दश वर्षको माओवादी युद्धको स्मरण गर्दै आगामी चुनाव विथोल्ने तागत आफूहरुमा भएको बताएका छन् । राजधानीको खुल्लामञ्चमा सोमवार ३३ दलले गरेको बिरोधसभालाई सम्बोधन गर्दै उनले आफूहरुको विरोधका बावजुद चुनाव गरिए असफल पार्ने चेतावनी दिए । सहमतिको प्रयास गर्छु भनेर लागेका राष्ट्रपति रामवरण यादव पनि वैदेशिक हस्तक्षेपका सामु झुकेको वैद्यको आरोप छ । उनले संवैधानिक हैसियतमा रहेका राष्ट्रपतिमाथि आफूहरुले विश्वास गरेपनि पछिल्लो समय उनी विदेशीको इशारामा चलेको आरोप लगाए । रेग्मी सरकार कठपुतली सरकार भएको आरोप लगाउँदै वैद्यले असफलसिद्ध चार दलका नेतालाई राजनीति छाडेर जोगी भएर हिड्न सुझाव दिए । कर्मचारीलाई सरकारको नेतृत्व सुम्पिएर चार दलका नेताले आफू असफलसिद्ध भएको प्रमाणित गरेको पनि वैद्यको आरोप थियो । ३३ दलीय मोर्चाको आह्वानमा खुलामञ्चमा विरोधसभा गर्नुअघि काठमाडौ उपत्यकाको तीनवटै जिल्लाका साथै राजधानीसँग जोडिएका छिमेकी जिल्लाका कार्यकर्ताहरु विभिन्न ठाउँबाट नारावाजीसहित प्रदर्शन गरेका थिए ।

खुलामञ्चमा असोज ७ गतेको विरोधसभाको झलकहरुः 



Photo By Narayan