अनलाइन पत्रकारहरुलाई हरपल नेपालको सम्मान

काठमाडौं । हरपलनेपाल डट कमले अनलाइन पत्रकारहरुलाई सम्मान गरेको छ । शनिवार राजधानीमा गरिएको अनलाइनको औपचारिक उद्घाटनका अवसरमा अनलाइन पत्रकार संघका तीन जनालाई सम्मान गरिएको हो ।

संघका सस्थापक अध्यक्ष केपी ढुङगाना,पूर्व अध्यक्ष नरदेव पाण्डे र निवर्तमान अध्यक्ष प्रवेश सुवेदीलाई सम्मान गरेको हो । सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले हरपल नेपाल डट कम स्थापना गरिएको सम्पादक लोकराज जैसीले बताए । 

नामसरा जैसी विशेष अतिथ्यतामा भएको यो कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,अनलाईन पत्रकार सघंका अध्यक्ष शिव सत्याल, प्रेस फोरमका सरोज खिलाडी,रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले हरपल नेपाललाई शुभकामना दिएका थिए ।