पूर्वमन्त्री उपाध्यायको सगरमाथा आरोहणका क्रममा निधन
२७ वैशाख, काठमाडौँ । पूर्व मन्त्री शैलेन्द्रकुमार उपाध्यायको सगरमाथा आरोहणका क्रममा सोमबार निधन भएको छ । सगरमाथाको पहिलो क्याम्पबाट अघि बढ्नु भएका ८२ वर्षीय उपाध्यायको सोमबार अपरान्ह निधन भएको थियो ।
सगरमाथा चढ्ने क्रममा करिव ६ हजार दुई सय पचास मिटरको उचाइमा पुग्नु भएका ८२ वर्षीय उपाध्यायको अक्सिजनको कमीका कारण एक्कासि अस्वस्थ भएपछि आधार शिविर र्फकंदैगर्दा मृत्यु भएको थियो । उपाध्याय २०४६ सालको जनआन्दोलनको समयमा परराष्ट्र तथा भूमिसुधार मन्त्री हुनुहुन्थ्यो ।
विश्वका सवै भन्दा वृद्धले सगरमाथा चढेको कीर्तिमानी कायम राख्ने उदेश्यकासाथ उपाध्याय गत ६ वैशाखमा ५ सदस्यीय टोलीका साथ सगरमाथा आरोहणका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।
उहाले सगरमाथा आरोहरण गरेपछि नेपालको प्रसिद्ध ठाँउ लुम्बीनिमा सगरमाथा शान्ति स्तुप नामको संग्रहलय बनाउने बताउने बताउनुभएको थियो ।
