साँचो विवाद 'औचित्यहीन' बनाउने दाहाल-भट्टराईको तयारी

१९ भाद्र  - शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति जुटाउन प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालले साँचो विवाद 'औचित्यहीन' बनाउन सोमबार कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गरेका छन् । प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाल माहाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।


 झण्डै एक घण्टा  भएको भेटमा दाहालले सेना समायोजनमा मिल्न बाँकी विषय छिट्टो टुंगोमा पुर्‍याएर अघि बढन आग्रह गरिएको बुझिएको छ । दाहालले सोमबार बिहानै कोइरालालाई टेलिफोन गरी समय कम भएकाले परामर्श तीव्र पारी छिटो सहमति खोज्न आग्रह गरेका थिए । माओवादीमा देखिएको विवादका कारण शान्ति प्रक्रिया अघि बढनेमा आशंका उब्जिएका बेला सहमतिका लागि अध्यक्ष दाहालले पहल अगाडि बढाएका हुन् 


माओवादी केन्द्रीय समिति बैठक अगाडि नै लडाकु समायोजनमा दलहरुबीच सहमति गरी कन्टेनरको साँचो विवाद औचित्यहिन बताउने तयारी भट्टराई-दाहालको छ ।