पृथक शैलीको अभ्यास पुस्तिका प्रकाशन

नारायण पंगेनी
हरेक बालबालिकाहरुले शिक्षा लिन पाउनु नैसर्गिक अधिकार हो । बालबालिकाले निःशुल्क शिक्षा लिन पाउनु नैसर्गिक अधिकार भएपनि दिनप्रतिदिन महंगो हुदै गएको शिक्षाको कारण अति विपन्न वर्गका मानिसहरु शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था छ ।
यद्यपी शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरुका वावजुद पनि पछिल्लो समय बालमैत्री शिक्षा तथा शैक्षिक गुणस्तरका लागि वहसहरु पनि तिव्र बनिरहेको छ । गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षाविद्हरुदेखि पाठ्यक्रम प्रकाशन क्षेत्रमा काम गर्दै आएका ब्यक्तीहरु पनि लागि परेका छन् ।
विद्यार्थीहरुको लागि विभिन्न किसिमका अभ्यास पुस्तिकाहरु बजारमा आइ नै रहेका छन् । विभिन्न रंगीचंगी तस्विर सहितको कलेबरमा आउने गरेका अभ्यास पुस्तिकाहरुलाई चुनौती दिने गरि वालमैत्री शिक्षा र विद्यार्थीहरुलाई महत्वपूर्ण पाठ्यसामग्री सहित समेटेर हालसालै सत्याल बुक्स एण्ड स्टेशनरी पब्लिकेशनको नितान्त पृथक शैलीको अभ्यास पुस्तिका प्रकाशन गरेको छ ।
पुस्तक किन्न निकै महंगो पर्ने भएकाले विद्यार्थीले गुणस्तरिय शिक्षा प्रदान गरुन् भन्ने उद्देश्यले विद्यार्थीहरुको लागि सहयोगी होस् भनेर केही महत्वपूर्ण पाठ्य सामग्री सहित अभ्यास पुस्तिका प्रशान गरिएको पब्लिकेशनका प्रवन्ध निर्देशक अजयकुमार सत्यालले बताए ।
उक्त पब्लिकेशनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली र गणित विषयका लागि अभ्यासपुस्तिका प्रकाशन गरेको छ । खासगरी विद्यार्थीहरुका लागि मौलिक उत्तरको आवश्यकता हुन्छ । अभ्यास पुस्तिकाका प्रधानसम्पादक खेमलाल पोखरेल मौलिक उत्तरको शुरुवात यहि अभ्यास पुस्तिकाबाट हुने दावी गर्छन ।
सत्याल पब्लिकेशनले प्रशाशन गरेको अभ्यास पुस्तिका सम्भवतः पहिलो नै हो । त्यसैले आठ पृष्ठमा महत्वपूर्ण पाठ्य सामग्री समेटिएको अभ्यास पुस्तिका पाठ्यक्रममै आधारित रहेकोले पनि उपयोगी हुने पाठ्यक्रम विकाश केन्द्रमा समेत लामो समय सेवा गरेका शिक्षा मन्त्रालयका पूर्व निर्देशक बालकृष्ण श्रेष्ठ विश्वास ब्यक्त गर्छन्, ।

विद्यालय शिक्षाका लागि उपयोगी हुने यो अभ्यास पुस्तिकाले विद्यार्थीहरुलाई सहयोग त पु¥याउने देखिन्छ । यद्यपी विद्यार्थीहरुलाई भने आर्थिक भार थपिने निश्चित छ । तर विपन्न वर्गका विद्यार्थीलाई समेत किन्न सक्ने गरि पुस्तिका तयार गरिएको निर्देशक सत्यालले जानकारी दिए ।

बजारमा अभ्यास पुस्तिकाहरु प्रशस्तै पाइने भएपनि थप पाठ्य सामग्री सहित सिकाई विधिमा आधारित पाठ्यपुस्तक पाइदैन । त्यसैले पृथक खालको यो अभ्यास पुस्तिकाले खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि महत्वपूर्ण देखिन्छ तर हरेक सामग्री विक्री गर्ने थलो डिपार्टमेन्टल स्टोर्सहरु जस्ता रहेका यहाँका निजी विद्यालयहरुलाई यस पुस्तिकाले माथ गर्न सक्छ की सक्दैन, त्यो भने यसै भन्न सकिदैन ।