बुद्ध एयरको विमान दुर्घट्ना, १९ जनाको मृत्यु
काठमाडौ ८ असोज । ललितपुरको चुनडाडामा आइतवार विहान बुद्ध एयरको विमान दुर्घट्ना हुदा विमानमा सवार १९ यात्रुको मृत्यु भएको छ ।
विहान ललितपुरको बिसङखु नारायण र लामाटार गाविसको बीचमा पर्ने चुनडाडामा माउन्टेन फ्लाईटमा गएको उक्त विमान दुघर्टना हुदा सवै विमानमा सवार सवै जनाको मृत्यु भएको हो ।
दुर्घटनास्थलबाट संकलन गरिएका शवहरुलाई्र नेपाली सेनाको हेलिकप्टरबाट अन्तराष्ट्रिय विमानस्थलमा ल्याइ शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगाज लगिएको छ ।
बुद्ध एयरको माउण्टेन फ्लाइटमा गएको नाइन एनएइके विमान विशंखुनारायण्ँ गाविस २ चुनडाँडामा दुर्घटनामा परेपछि चालक दलका तीन जना सहित १८ जनाको घण्टनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घट्नामा परि चालक दलका तीन सहित छ जना नेपाली१० जना भारतिय नागरिक २ अमेरिकी र एक जापानीज नागरिकको मृत्यु भएको बुद्ध एयरले जनाएको छ ।
क्याप्टेन जेबी ताम्ा्राकार सहचालक पदम अधिकारी र एयर होस्टेज अस्मिता श्रेष्ठ र रामकृष्ण ताम्राकार रहेको सो विमान विहान सवा सात वजेतिर दुर्घटनाग्रस्त भएको थियो । चालक दलका क्याप्टेन जेवी ताम्राकार पूर्वमन्त्री रामकृष्ण ताम्राकारको छोरा हुन् ।
जीवितै उद्दार गरिएका भनिएका ३६ वर्षिय निराजन कर्माचार्यको वि एण्ड वि अस्पतालले मृत घोषित गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार कम उचाईमा उडान गरिएका कारण विमान पहाडमा ठोक्किएको हो । विमान माउण्टेन फ्लाइटबाट फर्केर काठमाडौं अवतरण्ँको नजिक पुगेको बेला दुर्घटना भएको जनाइएको छ । माउण्टेन फ्लाइटका लागि विमान काठमाडौंवाट सात वजे विहान उडान भरेको थियो ।
घटनापछि बुद्ध एयरले आइतवारका आफ्ना सम्पूर्ण उडानहरु स्थगित भएको सुचना जारी गरेको छ ।