काठमाडौ भूकम्पको उच्च जोखिममा
नारायण पंगेनी
भूकम्पका कारण विश्वका अधिकांश मुलुकमा ठूलो मात्रामा क्षति हुने गरेको छ । सन २००८ मा चीनको सिचुवान प्रान्तमा ८ रेक्टर स्केलको भूकम्प जादा झण्डै ९० हजार जनाको ज्यान गएको थियो । पछिल्लो समय वैशाखको पहिलो हप्ता सोही ठाउँमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जादा एक सय भन्दा बढीले ज्यान गुमाए ।
केही वर्षअघि भुकम्पकै कारण आएको सुनामीले गर्दा जापानमा ठूलो हताहती भयो । विश्वका अन्य मुलुकहरु मात्र होइन, नेपाल पनि भुकम्पको उच्च जोखिममा रहेको छ । विभिन्न अध्ययन अनुसार विश्वमा भूकम्पीय जोखिमको दृष्टिकोणले नेपाल २० औ स्थानमा पर्दछ । नेपालको इतिहासमा वि स १३१० मा पहिलो पटक नेपालको काठमाडौमा भूकम्प गएको थियो । उक्त भूकम्पका कारण तत्कालिन काठमाडौ उपत्यकाका राजा अभय मल्लको मत्यु भएको थियो ।
त्यस यता नेपालमा पटक पटक भूकम्प जादा ठूलै क्षति पनि हुदै आएको छ । १९९० सालमा आएको भूकम्पले काठमाडौमा ८ हजार ५ सय १९ जनाले ज्यान गुमाए भने झण्डै ८१ हजार भवन पूर्ण रुपमा ध्वस्त भयो ।
०४५ सालमा उदयपुरलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण ७ सय २१ जनाले ज्यान गुमाएका थिए भने ६ हजार ५सय ५३ जना घाइते भए ।
काठमाडै संसारको २० औं जोखिममा पर्ने भनिएपनि विकशिसत सहरको तुलनामा काठमाडौमा निकै नै क्षति हुने काठमाडौं महानगरपालिका भवन निर्माण बिभागका बरिष्ठ इन्जीनीयर डा. उत्तरकुमार रेग्मी बताउँछन् ।
काठमाडौ उपत्यकामा पछिल्लो समय निकै ठूला भवनहरु तथा हाउजिङ्हरु निर्माण भइरहेका छन् । ठूला घर बनाउन बन्देज नभएको तथा पुरानो कानून र नक्साको कारण पनि काठमाडौ उपत्यकामा जोखिम रहेको इन्जिनियर रेग्मीको भनाई छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का बरिष्ठ बिशेषज्ञ विजयकृष्ण उपाध्यायले काठमाडौ खाल्डो आफैमा दलदलबाट बनेको इतिहास बोकेको हुदा पनि जमिन कमजोर भएकोले खतरा बढी रहेको औंल्याउँछन् ।
नेपालको राजधानी समेत रहेको काठमाडौ उपत्यकामा भुकम्पको जोखिमबाट बच्चको लागि खासै पहलहरु समेत नभएको अधिकांशको गुनासो छ । भुकप्प जस्ता प्राकृतिक प्रकोपहरु कसैले रोक्न सकिदैन भने कहिले आउँछ भन्ने पनि कुनै ज्ञारेन्टी हुँदैन । त्यसैले यस्ता प्राकृतिक विपत्तीबाट हुने क्षति कम गर्न भने सरोकारवालाहरुले समयमै ध्यान दिनु जरुरी छ ।
