फेसबुकमा पम्फा भुसालको आलोचना गर्नेहरु होसियार
काठमाडौ/ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसाललाई सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेहरुलाई प्रहरीले खोजी कार्य जारी राखेको छ ।
प्रवक्ता भुसालले फेसबुक मार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रहरी समक्ष उजुरी दिएपछि प्रहरीले फेसबुकमा भुसालको आलोचना गर्नेहरुलाई खोजी शुरु गरेको हो ।
भुसालको चरित्रहत्या हुने गरी फेसबुुकमा लेखेको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । महानगरिय प्रहरी अपराध महाशाखाले काभ्रेका भवनाथ सापकोटालाई पक्राउ गरेको हो । भुसालका बारेमा लेखिएको फेसबुक स्टाटस एक हजार भन्दा बढीले शेयर गर्नुका साथै २ हजार जतिले मन पराएको प्रहरीको भनाई छ ।
नक्कली फेसबुक आइडी बनाएर भुसालका बारेमा गलत कुरा लेख्ने अन्य सात जनाको खोजी कार्य पनि प्रहरीले तिव्र पारेको छ । फेसबुक मार्फत चरित्रहत्या गर्ने क्रम उत्तिकै बढीरहेको छ भने प्रहरी समक्ष कारवाहीको उजुरी पनि पछिल्लो समय निकै पर्ने गरेको छ ।

